arrow

विश्वकप क्रिकेटमा भारतको लज्जास्पद हार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
india-england-world-cup-2022.jpg

काठमाडौं । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ । एडिलेडमा भएको दोस्रो सेमिफाइनलमा भारत इङ्गल्याण्डसँग १० विकेटले पराजित भएको हो । 

खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले हार्दिक पाण्डेयाको ३३ बलमा ६३ तथा विराट कोहलीको ४० बलमा ५० रनको मद्धतले ६ विकेटको क्षतिमा १६८ रन बनायो । इङ्गल्याण्डका क्रिस जोर्डनले ४३ रन खर्चेर ३ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले १६ ओभरमा कुनै विकेट नगुमाई जित हासिल गर्यो । ओपनर कप्तान जोस बट्लरले ४९ बलमा ८० तथा प्लेयर अफ द म्याच एलेक्स हालेस्ले ४७ बलमा ८६ रन बनाए । 

इङ्गल्याण्डले भारतमाथि बनाएको रेकर्ड हो । अहिलेसम्म सेमिफाइनलमा कसैले पनि १० विकेटले हराएको थिएन । त्यस्तै इङ्गल्याण्डले कम ओभरमा हराउने रेकर्डको बराबरी गरेको छ । १२ वर्षअघि इङ्गल्याण्डले नै श्रीलंकालाई १६ ओभरमै हराएको थियो । 

टी–२० क्रिकेट विश्वकपको अहिलेसम्मको इतिहासमा भएका १६ सेमिफाइनलमा भारतको यो सबैभन्दा ठूलो हार हो । 

इङ्गल्याण्डले अब उपाधिका लागि फाइनलमा आइतबार पाकिस्तानसँग खेल्नेछ । सेमिफाइनलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ७ विकेटले हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ