arrow

हिमाली भू-भागमा हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
bajang-snow.jpg

काठमाडौं ।  मनसुन सकिएसँगै जाडो मोसम सुरु भएको छ । यसैबीच हिमाली भू-भागमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । साथै तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।

हाल देशमा  पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

भोलि शनिवार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। आइतबार पनि  प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।



नयाँ