arrow

नरेन्द्र सिंहको आग्रहः एक पटक मलाई विजयी गराएर जनताको काम गर्ने अवसर दिनुहोस्

logo
प्रकाश बम,
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
narendra-bahadur-singh-doti-congress.jpg

डोटी । नेपाली कांग्रेस डोटीका पार्टीका सभापति तथा प्रदेश सभा ‘क’ का उम्मेदवार नरेन्द्रबहादुर सिंहले एक पटक आफूलाई विजयी गराउन मतदातासँग अनुरोध गरेका छन् ।

दिपायल सिलगढी नगरपालिका ३ दिपायल लगायतका ठाउँमा घरदैलो अभियानमा क्रममा बोल्दै एक पटक जिताएर जनताका साझा मुद्दा उठाउने अवसर दिन भेटघाटमा अनुरोध गरेका हुन् ।

प्रदेश सभा ‘क’ का लोकतान्त्रिक बाम गठबन्धन साझा उम्मेदवार समेत रहेका सिंहले जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरूलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठूला विकास योजना सञ्चालन गर्नका लागि विजयी गराउन आग्रह गरे ।

उनले भने, ‘यहाँहरूको सद्भाव मायाले मैले ३४ वर्ष पछि टिकट पाएको छु। मलाई विश्वास छ। डोटेली जनताले यो पटक अत्यधिक मतले मलाई विजयी गराउने छन् ।’

उनले थपे,  ‘जनताको मतलाई शिरोपर राखेर अधुरा विकासका योजनालाई पूर्णता दिनेछु।’

मंसिर ४ को निर्वाचन जीतेपछि यहाँको समग्र विकास, संविधानको रक्षा, समुदायको अधिकार स्थापित गर्ने बताउँदै जनताको भावना अनुरूप काम गरेर नयाँपन दिलाउने प्रतिबद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ