arrow

नेपालले विश्वकप क्रिकेटको आयोजना गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं ।  नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू-१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू-१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रूपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । 

त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु-१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ । त्यसैगरी सन् २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त रूपमा आयोजना गर्नेछन् ।

सन् २०२६ को यू-१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजनाको जिम्मा पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले आइसीसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पुर्‍याउन मद्दत पुग्ने विचार व्यक्त गरे । 

उनले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताए ।

अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनको लागि करिब चार वर्षको लामो समय भएकाले अब पूर्वाधार विकासको लागि सरकारसँग कुरा गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ