arrow

एमालेमा फर्कन माधव नेपाललाई केपी ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
oli-madhav.jpg.jpeg
तस्बिर – फाइल ।

सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् । 

सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन् । 

एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक आग्रह गरेका हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गरेका हुन् ।

उनले एमाले फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताए । तर, यसका लागि विगतमा भएका गल्ती सच्याउनुपर्ने अध्यक्ष ओलीको सर्त छ । 

विगतमा भएका गल्ती सच्याएर एमालेमा आएमा अध्यक्ष नेपाललाई विगतका तिता कुरा बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन एमाले तयार रहेको ओलीको भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ