- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काभ्रे । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले नेकपा एमालेभित्र राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै भएको बताएका छन् । काभ्रेको पनौती नगरपालिकामा माओवादी केन्द्रको नगरस्तीय कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेमा अब राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै बाँकी भएको बताएका हुन् ।
‘कोही मान्छे भ्रममा होलान्, तर धेरै बुझिसकेका छन्, एमालेमा अहिले राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै छन्’ उनले भने । माओवादी केन्द्र बागमती प्रदेशका इन्चार्जसमेत रहेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीभित्र तानाशाही निरंकुश प्रवृत्ति भएकोसमेत औंल्याए ।
‘ओलीजीसँग तानाशाही र निरंकुश प्रवृत्ति देखियो, उहाँले तानाशाही प्रवृत्ति देखाएकै कारण आजको अवस्था आएको हो’ उनले भने ।
उनले मुलुकलाई संकट पर्दा जहिल्यै पनि कांग्रेस माओवादी एक ठाउँमा उभिएको इतिहास स्मरण गराए । मुलुकको विकास र संविधानमा भएको परिवर्तित व्यवस्थाको रक्षाका लागि सबैले आआफ्नो गुनासालाई छाडेर गठबन्धनका उम्मेदवारको चिन्हमा मतदान गर्न आग्रह गरे ।
उनले अहिलेको निर्वाचनको प्रणाली मुलुकले धान्न नसक्ने खालका भएकाले यसबारे अब छलफल र बहस गर्नुपर्नेसमेत बताए ।
कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं वाम लोकतान्त्रिक गठबन्धनका काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार सूर्यमान दोङ, क्षेत्र नं २ का साझा उम्मेदवार शिव हुँमागाई लगायतले सम्बोधन गरेका थिए ।