arrow

पाँच वर्ष प्रधानमन्त्री भएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु : झलनाथ खनाल

राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भएको छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
jhalnath-khannals.PNG

फिक्कल ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पुन प्रधानमन्त्री भएर काम गर्न पाएँ देशलाई नयाँ मोडमा पुर्‍याइदिने बताएका छन् । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य रहेका पूर्व प्रधानमन्त्री खनालले राष्ट्रपति, प्रधानमन्त्रीको पद पाए जिम्मेवारी बताएका हुन् । 

खनालका अनुसार यो निर्वाचन उनको अन्तिम चुनावी लडाइँ हो । उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको बताउँदै उनले भने, “मसँग अनुभव छ, देश बनाउने योजना छ । त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु ।”

 खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भई नसकेको बताए । भने, “राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन ।” 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ