arrow

गठबन्धनको जित सुनिश्चित छ – तीर्थ लामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
tirtha-lama-congress-kavre.jpg

ठूलीटार ।  प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा गठबन्धनको जित सुनिश्चित भएको काभ्रेका प्रतिनिधि सभा क्षेत्र नं १ तर्फ प्रदेश (ख) का उम्मेदवार तीर्थ लामाले बताएका छन् । 

निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन आज धुलिखेल नगरपालिकाको गठबन्धनतर्फको निर्वाचन परिचालन समितिको आयोजनामा धुलिखेल नगरपालिकाको  वडा नं ९ र ११ मा सञ्चालन गरिएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार लामाले गठबन्धनको जित सुनिश्चित भएको बताएका हुन् । 

गठबन्धनको आवश्यकता र औचित्यबारे प्रकाश पार्दै उम्मेदवार लामाले पूर्वाधार विकासप्रति आफ्नो प्रतिबद्धता जनाएका छन् । कोणसभालाई सम्बोधन गर्दै उनले जिल्लास्थित वीपी र अरनिको राजमार्गलाई जोड्ने सितलबस्ती–ठूलीटार–तिनपिप्ले र तिनपिप्पले–कल्छेवेशी–डाडागाउँ–दुई सडकको स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यसका साथै खानेपानी, मठमन्दिरको संरक्षण लगायत पूर्वाधार विकास गर्ने उनले बताए । नगरको निर्वाचन परिचालन समितिले आज कोण सभासँगै मतदाता शिक्षा, उम्मेदवारसँग अन्र्तक्रिया र धुलिखेल नगरपालिका वडा नं ८, ९, १०, ११ र १२ मा ¥याली पनि सञ्चालान गरेको छ ।  

कोण सभा कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तीर्थ पसखल, जिल्ला सचिव गुणराज मुक्तान, कोषाध्यक्ष जगन्नाथ गिरी,  सहसचिव रविन्द्र सिग्देल,  कांग्रेस नेताहरु इश्वरी ओझा, रामकृष्ण हुमागाई, उद्धव कोइराला, नेपाली कांग्रेस धुलिखेल नगरपालिकाका सभापति बिदुर बस्नेत, माओवादी  केन्द्रका नेता पृथ्वी थापा, कविता शर्मा, बाबुराम तामाङ, वडा सभापति नारायण ओझा लगायत ठूलो जनसहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ