arrow

मौसममा गडबडी, चिसोबाट जोगिन अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ३ शनिबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । 

आज प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

आइतबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने आकलन गरिएको छ ।

महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध  गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ