arrow

विराटनगरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ३ शनिबार
doubtful-object.jpg

मोरङ । विराटनगर ३ पुष्पमार्गमा शनिबार बिहानै भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘निर्वाचन अवज्ञा गरौँ’ भन्ने लेखेर पुष्पमार्गमा मबिलको बट्टा राखिएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरमा भेटिएको सो शंकास्पद वस्तु नियन्त्रणमा लिई सेनाको टोलीले निष्क्रिय पारिएको बताए ।

‘बिहान करिब पौने ७ बजे शंकास्पद वस्तु भेटिएको खबर आयो । त्यसपछि प्रहरी र नेपाली सेनाको टोली गएर सो वस्तु नियन्त्रणमा लिएर निष्क्रिय पारिएको छ,’ उनले भने, ‘बट्टाको बाहिरबाट ‘निर्वाचन अवज्ञा गरौँ’ भनेर लेखिएको थियो । तर, बम भनिएको वस्तु सक्कली होइन, नक्कली रहेछ ।’

उक्त शंकास्पद कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ