काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।
झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शर्माले आफ्नो मतदाता नामावली रहेको झापा क्षेत्र नम्बर १ (२) स्थित मेचीनगर ९ मा रहेको कविशिरोमणि माविमा बिहान ९ बजे मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग बोल्दै शर्माले ०७० को चुनाव परिचय भएको र ०७४ को चुनाव अनुभव भएको बताएका छन् ।