arrow

ओली ‘बा’ का दश निकटस्थको विजोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
kp-sharma-oli-2079-04-04.jpg
तस्बिर – फाइल ।

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका १० जना निकट नेताहरुको विजोग हुने भएको छ । कोही त उनलाई ‘बा’ नै भन्नेहरु छन् । प्रतिनिधि सभाको मतगणनाको पछिल्लो परिणाममा ओलीसँग निकै निकट मानिएका एमालेका उम्मेदवार धेरै पछि परेका छन् । 

ओलीका छोरा झै मानिएका केही उम्मेदवार पराजयको नजिक पुगेका छन भने केही रेडजोनमा छन् । ओली बाका  छोरा भनेर निचिएका महेश बस्नेत भक्तपुर २ बाट चुनाव हार्ने निश्चित भएको छ । 

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा अगाडि छन् । थापाले शुरुदेखि ने बस्नेतलाई पछि पार्दै आएका छन् ।  बस्नेतलाई चुनाव जिताउन ओलीले धेरै मेहनत गरेका थिए । 

ओलीका अर्का विश्वास पात्र अग्नि खरेल पराजय हुने निश्चित छ । खरेलले झापा १ बाट उम्मेदवारी दिएका थिए । झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा विजयको औपचारिक घोषणा कुरिरहेका छन् । 

यसैगरी ललितपुर १ मा एमालेबाट उम्मेदवारी दिएका ओलीका अर्का विश्वास पत्र नवराज सिलवाल पनि पराजयको नजिक पुगेका छन् । 

ललितपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणा अगाडि आएका छन् । राणा जितको नजिक पुगेका छन् । 

चितवन १ मा एमालेबाट उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे पनि पछि परेका छन् । त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि देखिएका छन् । पाण्डे एमाले अध्यक्ष ओलीसँग निकै निकट मानिन्छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि पराजय नजिक छन् । पोखरेलले काठमाडौ ५ बाट उम्मेदवारी दएका छन् । त्यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल अगाडि छन् । 

पौडेलले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छनु । एमालेको आन्तरिक राजतीतिमा पोखरेल अध्यक्ष ओलीसँग निकट मानिन्छन् ।

इलाम २ मा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष सुवास नेम्वाङ पनि ओलीसँग निकै निकट मानिन्छन् तर उनी पनि पराजयको बाटोमा देखिएका छन् ।  

त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट डम्मर खड्काले उम्मेदवारी दिएका छन् । पछिल्लो समय  खड्काले आफ्नो मतान्तर बढाउदै लगेका छन् । 

यसैगरी प्यूठानबाट उम्मेदवारी दिएका सूर्य थापा पनि राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलभन्दा पछाडि परेका छन् । यो समाचार तयार गर्दा  थापाभन्दा पौडल अगाडि छिन् । 

यसैगरी रुपन्देही २ मा एमालेबाट उम्मेदवारी दिएका विष्णु पौडेल  एमाले अध्यक्ष ओलीसँग निकट मानिन्छन् । उनी पनि रेडजोनमै छन् । यद्यपि उनको सम्भावना भने टरेको छैन । 

काभ्रे २ मा एमालेबाट उम्मेदवारी दिएका गोकुल बाँस्कोटा एमाले अध्यक्ष ओलीका छोरा झैं मानिन्छन् । त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट शिव हुमागार्इंले उम्मेदवारी दिएका छन् । काभ्रे २ मा बाँस्कोटाभन्दा हुमागाईको बलियो प्रभाव छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ