ताप्लेजुङ । ताप्लेजुङको प्रदेशसभा क्षेत्र (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी भएका छन् ।
नेकपा (एमाले)का गोपाल थोप्रालाई एक हजार दुई सय ४८ को मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
यहाँ खसेको कूल २१ हजार आठ सय सात मतमध्ये हाङ्गामले १० हजार चार सय ९६ मत प्राप्त गरेका छन् भने थोप्राले नौ हजार दुई सय ४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए ।
यता प्रदेशसभा क्षेत्र ‘१’ को मतगणना जारी छ । यहाँ एमालेका तिलकुमार मेन्याङ्बो झण्डै एक हजारको मतान्तरले अघि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका खेमबहादुर वनेम छन् ।