arrow

दुबईमा सय तलाकाे आवासीय भवन ‘हाइपरटावर’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
uae-dubai-hypertower-burj-khalifa.jpg

काठमाडौं । विश्वको सबैभन्दा अग्लो आवासीय भवनको रूपमा दुबईमा एउटा नयाँ गगनचुम्बी भवन तयार हुने भएको छ । यसका निर्माणकर्ताहरुले यो 'हाइपरटावर' म्यानहट्टनको ७२ मिटरको गगनचुम्बी भवनभन्दा अग्लो हुने दाबी गरेका छन्।

'बुर्ज बिङ्घट्टी जेकब एण्ड को रेसिडेन्सेस' भनेर चिनिने यो संरचना इमिरातीको घर जग्गा विकासकर्ता बिङ्घट्टी र वाचमेकर ज्याकोब एण्ड कम्पनीबीचको साझेदारीमा निमार्ण हुन लागेको हो ।

नोभेम्बर २२ मा दुवै कम्पनीले संरचनाको डिजाइन सार्वजनिक गरेका छन् । यो परियोजनाको लक्ष्य विश्वको सबैभन्दा अग्लो आवासीय संरचनाका रुपमा नयाँ रेकर्ड कायम गर्नु रहेको बताइएको छ ।

न्युयोर्क पोस्टले यो गगनचुम्बी भवनमा १०० तल्ला रहने उल्लेख गरेको छ । जुन हाल सबैभन्दा अग्लो आवासीय भवनका रुपमा म्यानहट्टनको ५७ औं स्ट्रिटमा रहेको सेन्ट्रल पार्क टावर भन्दा दुई गुणा बढी हुनेछ ।

स्रोतहरूका अनुसार गगनचुम्बी भवनमा इन्फिनिटी पूल र प्रशस्त लाउन्ज स्पेससहितको एलिट निजी क्लब पनि हुनेछ। विकासकर्ताहरूले परियोजनालाई कलाको वास्तविक कार्यको रूपमा वर्णन गरेका छन्।

यो संरचना दुबईको व्यापार क्षेत्र बिजनेस बेको मध्यमा रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ