arrow

चुनाव जितेपछि विनोद चौधरीले थाले ‘मतदाता सम्मान कार्यक्रम’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
binod-chaudhary-samman-musahar.jpg

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी पश्चिम १ बाट गएराति प्रतिनिधि सभा निर्वाचन चुनाव जितेका विनोद चौधरीले आफूलाई मत दिने मतदातालाई सम्मान गर्न थालेका छन् । 

गएराति सम्पन्न मतगणनाबाट जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले पछि पार्दै चौधरी निर्वाचित भएका थिए । संविधान सभाको पहिलो निर्वाचन २०६४ र संसदीय निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट संसद् प्रवेश गरेका चौधरी यस पटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । 

चौधरीले २९ हजार चार सय ९५ मत ल्याए भने त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार पाँच सय ९९ तथा जनमत पार्टीका गुलावप्रसाद चौधरीले पाँच हजार नौ सय ४४ मत प्राप्त गरे । 

यसरी फराकिलो मतान्तरसहित चुनाव जितेका अर्बपति उद्योगपति चौधरीले प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा गाउँको मुसहर टोलका अग्रज मुसहर मतदाताहरूलाई सम्मान गरेर ‘हाम्रो मतदाता सम्मान कार्यक्रम’ शुरु भएको जनाएका छन् । 

उनले भनेका छन्, ‘आज हामी दिनभर नवलपरासीको विकास र समृद्धिको विजयलाई सुनिश्चित गर्नु हुने मतदाताहरूको घरदैलोमा पुगेर उहाँहरूलाइ सम्मान गर्नेछौ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ