arrow
ADVERTISEMENT

चिसो बढ्यो, तीन दिन यस्तो छ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
weather-ktm-kathmandu-metro-sky.jpg

काठमानडौं ।  पछिल्लो समय तापक्रम क्रमिक रूपमा घट्दै जाँदा चिसो बढेको छ । देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि देशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराई भू-भागमा हुस्सु कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ