arrow
ADVERTISEMENT

तापक्रम क्रमिक रूपमा घट्दै, तीन दिन यस्तो छ मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
cold-at-terai.png

काठमाडौं । देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको छ । तराई भू-भागमा हुस्सु कुहिरो लाग्न थालेको छ । 

मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । 

 देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती बागमती प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 सोमबार प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
 
मंगलबार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ