arrow

स्कटल्यान्ड विरुद्ध खेल्दै नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
nepal-uae-cricket-2022-11-14.jpg
सांकेतिक तस्विर ।

काठमाडौं। नामिबियासँग शृङ्खलाको पहिलो खेलमा वर्षाका कारण अङ्क बाँडेको नेपालले आइतबार बलियो टोली स्कटल्यान्डको सामना गर्दै छ। आइसिसी विश्व लिग दुई त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत नेपालले स्कटल्यान्डको सामना गर्दै छ।

नेपालले विश्वकपमा छनोट खेल्नका लागि र एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाई राख्न जीतहरू आवश्यक रहेको छ। समूहको पहिलो तीनमा पर्नेले ग्लोबल छनोट खेल्न पाउँछ भने पाँचौँ स्थानसम्मले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने छ।

नेपाल उक्त लिगमा २१ खेलमा ८ जित हात पारेको छ भने ११ खेलमा पराजय भोगेको छ। एक खेल टाई र एक खेल वर्षाले अवरुद्ध गरेका कारण १८ अङ्कका साथ छैटौँ स्थानमा रहेको छ। स्कटल्यान्ड २९ खेलमा ४२ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।

पहिलो खेलमा नामिबियासँग राम्रो सुरुवात गरेको र पुर्वकप्तान ज्ञाननेन्द्र मल्लको ७५ रनको स्कोरका बाबजुद नेपालको मध्य क्रमले राम्रो खेल्न नसक्दा १ सय ९७ रनमा समेटिएको थियो। नेपाली मध्य क्रमले सम्हालिएर खेलेमा नेपाली टोलीले राम्रो रन बनाउन सकिने देखिन्छ ।

क्रिकेटमा पिच, मौसम आदिले राम्रो प्रभाव पार्ने गर्दछ। नेपाली टोलीले पिच र मौसमको फाइदा उठाउन आफ्नो टोलीको छनोट गर्नु पर्ने हुन्छ । पहिलो खेलमा नेपाली टोलीका अलराउण्डर करण केसी बिना नेपाली टोली मैदानमा ओर्लेको थियो। दुई स्पिनरका साथ ओर्लिएको नेपाली टोलीले बलिङ गर्न नपाउँदा उक्त छनोटको परिक्षा हुन पाएन।

स्कटल्यान्ड विरुद्ध नेपाली टोली आफ्नो पूर्ण शक्तिका साथ मैदानमा ओर्लिने विश्वास गरिएको छ। स्कटल्यान्ड पनि नेपालमाथि जित हात पार्ने दाउका साथ मैदानमा ओर्लिने छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ