arrow

पत्रकार अबु अक्लेहको हत्या मुद्दा हेगमा लग्यो अल जजिराले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
Shireen-Abu-Akleh-icc-aljazeera.jpg

काठमाडौं । अल जजिरा मिडिया नेटवर्कले भेटेर प्यालेस्टिनी-अमेरिकी पत्रकार शिरिन अबु अक्लेहको हत्याका लागि जिम्मेवार व्यक्तिहरूको अनुसन्धान गरेर अभियोग चलाउन नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) समक्ष औपचारिक अनुरोध पेश गरेको छ ।

अल जजिरासँग २५ वर्षदेखि टेलिभिजन संवाददाता रेहकी अबु अक्लेहलाई मे ११ मा इजरायली सेनाले हत्या गरेको आरोप लागेको छ । त्यतिबेला उनी उत्तरी कब्जा गरिएको वेस्ट बैंकको जेनिनमा रहेको शरणार्थी शिविरमा इजरेली सैन्य आक्रमणको कभर गर्दै थिइन् ।

इजरेली सेनाद्धारा अल जजिराकी पत्रकारको टाउकोमा गोली हानी हत्या

५१ वर्षीया जेरुसेलमकी मूल निवासी र अमेरिकी नागरिक पत्रकार अबु अक्लेहले इजरेली कब्जाको कभरेज मार्फत प्यालेस्टिनीहरूलाई आवाज दिएकी थिइन्।

अनुरोधमा अल जजिराले छ-महिनाको विस्तृत अनुसन्धान पेश गरेको छ । जसमा उपलब्ध सबै प्रत्यक्षदर्शी प्रमाणहरू, भिडियो फुटेजहरू र अबु अक्लेहको हत्यामा फेला परेका नयाँ सामग्रीहरू रहेको छ ।

आईसीसीलाई पेश गरिएको अनुरोध 'अल जजिरा र प्यालेस्टाइनमा पत्रकारहरूमाथि व्यापक आक्रमणको सन्दर्भमा' प्रस्तुत गरिएको छ । अल जजीराका वकिल रोडनी डिक्सन केसीले नेटवर्कको गाजा कार्यालयमा २०२१ को मे १५ मा भएको बम विष्फोट जस्ता घटनाहरू उल्लेख गर्दै यस्तो जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ