मार्की चोकमा माइक्रो र ट्रक ठोक्किदा एकको मृत्यु, ११ घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
918
Shares
तनहुँ । तनहुँमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका २ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका २ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।
घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अन्य नौजनाको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।