- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सडक खण्डको सिरुखर्क, माल्मुल क्षेत्रमा चौडा गर्नका लागि बिहीबारदेखि सडक बन्द गरिएको हो ।
मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले एक सूूचना जारी गर्दै सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ ।
सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ । उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुुङ्ग, अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्ने छन् ।