arrow

कांग्रेस नेतासँग भेट्दा प्रचण्डले राखे बाबुरामलाई साथमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
Prachanda-Baburam.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो । उक्त भेटमा नेसपाका नेता महेन्द्रराय यादव पनि सहभागी थिए । 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ । समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ । दल नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।

सोही क्रममा कांग्रेस नेतासँग भेट्दा प्रचण्डले बाबुरामलाई साथमा लिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ