arrow

मध्य तराईतिर हुस्सु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
cold-at-terai.png

काठमाडौं ।  देशभर मौसम सामान्यतया सफा रहेको छ  । देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरूमा हल्का हुस्सु-कुहिरो लागेको छ । राती लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

 भोलि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

 मंगलबार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

तराईका केही भू-भागमा बिहानीपख हुस्सु-कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ