- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छ्रे बैंकको गत मंसिर १२ गते सोमबार बसेको ४७२ औं संचालक समितिको बैंठकले महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाइसकेका डा. महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुन् ।