arrow

देशभर मौसम सफा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
weather-ktm-kathmandu-metro-sky.jpg

काठमाडौं । देशभर मौसम सामान्यतया सफा रहेको छ । देशका पूर्वी तराईका केही स्थानहरूमा हल्का हुस्सु-कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

राती प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

मंगलबार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

 बुधबार प्रदेश १, मधेस प्रदेश आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ