arrow

अध्यादेश प्रकरण प्रधानमन्त्रीमाथिको नैतिक प्रश्न : विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
bishwa-prakash2.JPG

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कामचलाउ सरकारले ल्याउन खोजेको अध्यादेश गलत भएको टिप्पणी गरेका छन् । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश जारी गरेपछि महामन्त्री शर्माले ट्विट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । 

संक्रमणकालमा अध्यादेश ल्याउँदा दलहरुबीच र पार्टी भित्र पनि घनिभूत छलफलको आवश्यकता महामन्त्री शर्माले औँल्याएका छन् । उनले यो प्रकरणमा प्रधानमन्त्रीमाथि नैतिक प्रश्न पनि जोडिएको बताएका छन् । 

महामन्त्री शर्मालेले ट्विटमा लेखेका छन्, 'सडकमा छँदा जे सत्य, संसद्मा पनि त्यही नै सत्य, त्यसैले सार्वजनिक दर्जा होस् असहमति । संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ ।' 

आइतबार सरकारले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ