arrow

पछिल्लो २४ घण्टामा १४ ठाउँमा आगलागी, एकको मृत्यु, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न १४ स्थानमा आगलागी भएको छ । आगलागीबाट बर्दियामा ७३ वर्षीया वृद्धाको मृत्युसमेत भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन  प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बर्दिया बाँसगढी नगरपालिका जुरैनाकी ७३ वर्षीया महिलाको आगो ताप्ने क्रममा कपडामा सल्किएर ज्यान गएको हो ।

आगलागीबाट उदयपुर बेलका नगरपालिका झाखर टोलका एक पुरुष ग्वाली घरमा लागेको आगो निभाउँदा घाइते भएका छन् ।

यस्तै, सबै १४ आगलागीका घटनामा करिब साढे ३० लाख रुपैयाँको सम्पति क्षति भएको जनाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ