- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने एक नयाँ प्रयासका रुपमा अमेरिकी सिनेटले बुधबार एक नयाँ विधेयक पारित गरेको छ । यस विधेयकले कुनै पनि संघीय कर्मचारीहरुलाई सरकारी स्वामित्वमा रहेका डिभाइसहरुमा टिकटक इन्सटल गर्न अथवा राख्नबाट प्रतिबन्ध लगाउने छ ।
अब, यो विधेयकमा राष्ट्रपति जो बाइडेनको हस्ताक्षर हुनुअघि अमेरिकी संसद प्रतिनिधिसभाबाट पारित हुन आवश्यक छ । थुप्रै अमेरिकी अधिकारीहरुले टिकटकमार्फत जासुसी गरेर बेइजिङले राष्ट्रिय सुरक्षालाई जोखिममा पारेको भन्दै आएका छन् ।
टेक्सास, मेरिल्याण्ड, साउथ डकोटा, अलाबामा, यूटा, नर्थ डकोटा र आयोवालगायतका धेरै अमेरिकी राज्यहरूले यसअघि नै सरकारी उपकरण र नेटवर्कमा बाइटडान्सको स्वामित्व भएको एपको प्रयोगमा प्रतिबन्ध लगाउने आदेश पारित गरिसकेका छन् ।
यसअघि सिनेटले २०२०को अगस्टमा सरकारी उपकरणहरूबाट टिकटकलाई प्रतिबन्ध लगाउने कानूनलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। रिपब्लिकन सिनेटर जोस हाउली उक्त विधेयक पेश गरेका थिए ।
धेरै संघीय एजेन्सीहरू जस्तै रक्षा, होमल्याण्ड सुरक्षा र राज्य विभागहरूले पहिले नै सरकारी स्वामित्वमा रहेका उपकरणहरूबाट टिकटकलाई प्रतिबन्ध लगाएका छन् । 'टिकटक संयुक्त राज्य अमेरिका को लागी एक प्रमुख सुरक्षा जोखिम हो, र सरकारी उपकरणहरुमा यसको कुनै स्थान छैन्,' हाउलीले यसअघि नै भनेका थिए ।
यसैबीच टिकटकले कम्पनीको विषयमा निकै नै गलत जानकारीले बढेको बताएको छ भने, कम्पनीका अभ्यासहरूबारे छलफल गर्न नीति निर्माताहरूसँग भेट्न पाउँदा कम्पनी खुसी रहेकोसमेत जनाएको छ ।
'हामी निराश छौं कि धेरै राज्यहरूले टिकटकको बारेमा निराधार झूटहरूमा आधारित नीतिहरू लागू गर्न राजनीतिक ब्यान्डवागनमा उफ्रिरहेका छन्, जसले संयुक्त राज्यको राष्ट्रिय सुरक्षालाई अगाडि बढाउन केही (फाइदा) गर्दैन,' कम्पनीले बुधबार भनेको छ ।