arrow

बुद्धभूमिले सडक अतिक्रमण हटाउँदै  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
buddhabhumi-nagarpalika-2079.jpg

कपिलवस्तु ।  विभिन्न नगरले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने होडबाजी चलेको बेला कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण हटाउने भएको छ । 

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आयोजना गरेका सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख केशवकुमार श्रेष्ठले राजमार्गको दुवैतर्फ सडक मिचेर व्यवसाय गर्ने, पशुचौपाया राख्ने सडक अतिक्रमण हटाउने बताए । 

पालिकको भित्री सडकमासमेत पशु चौपया राख्ने, धान सुकाउने, घर निर्माणमा सामाग्री राखेर हिँडडुल गर्न असहज बनाएको हुँदा त्यस्ता काम हटाउने बताए । 

प्रमुख श्रेष्ठले पालिकाभित्र बिग्रिएका सीसीटीभी क्यामरासमेत मर्मतको चरणमा रहेको बताए । उनले पालिकाले शिक्षा, सडक, कृषिको विकासको लागि थप योजना अगाडि बढाएको बताए । 

नगरको विकासमा नरपालिकाले सबै पक्षसँग सहकार्य र परामर्श गरेर काम गरिरहेकोसमेत श्रेष्ठले बताए । सार्वजनिक सुनुवाईमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले नगरपालिकाले कार्यालय सञ्चालनमा उत्कृष्ठ काम गर्दै जनताको मन जित्न सफल भएको बताए ।

पालिकाको कामलाई पारदर्शी, जवाफदेही र जनमुखि बनाउँदै लैजाने मा विश्वस्त रहन नगरवासीलाई आग्रह गरेका छन् । शिक्षा क्षेत्रलाई थप व्यस्थित गर्नको लागि उपसचिव लिलबहादुर राउत क्षेत्रीको संयोजकत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदन कार्यपालिकामा पेश गरी तत्काल कार्यानयनमा ल्याउने समेत नगरपालिकाले बताएको छ । 

सार्वजनिक सुनुवाईमा नगर उपप्रमुख मिरा चौधरी, उपसचिव लिल बहादुर राउत क्षेत्री, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्य, बुद्धभूमि २ का वडा अध्यक्ष सुरजप्रताप राणाको सहभागिता रहेको थियो । 

पालिकासँग प्रत्यक्ष गुनासा राख्न पाउँदा खुशी महसुस भएको स्थानीय युवा दिपेन्द्र कुमार सिंहले बताए । कार्यक्रममा शिक्षा, स्वास्थ्य,सडक पुर्वाधार, कृषि लगायतका विषयमा सवाल जवाफ भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ