arrow

स्याङ्जामा पर्खालले च्यापिएर धादिङका उमेशको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २ शनिबार
death photo.jpg

स्याङ्जा । स्याङ्जाको वालिङमा शुक्रबार पर्खाल भत्किंदा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ का ३० वर्षीय उमेश चेपाङ रहेका छन् । 

वालिङ नगरपालिका वडा नं. ८ डुम्रिकोटस्थित डुम्रिकोट-मिर्दी सडकखण्डमा काम गर्नेक्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

सडकको नालीमा सोलिङ गर्ने क्रममा पर्खाल भत्किँदा च्यापिएर चेपाङ गम्भीर घाइते भएका थिए । उनको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ