-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काँडाबीच गुलाफ फुलाउन के गर्नुपर्छ ?
अनि उनीसँग म सुहाउन के गर्नुपर्छ ?
प्रेम नै नगरी प्रेमी भेट्टिने यो शहरमा,
माया दिँदा माया पाउन के गर्नुपर्छ ?
हजारौं छन् मेरा बन्न चाहना गर्नेहरु,
आफ्नैलाई आफ्नो बनाउन के गर्नुपर्छ ?
मुस्कान र आँसु एकैसाथ दिई गए ।
अब उनको याद नआउन के गर्नुपर्छ ?