arrow

सरकारको विरोध गर्दा अभिनेत्री पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
Taraneh-Alidoosti-iranian-actress.jpg

काठमाडौं । सरकार विरोधी प्रदर्शनकारीहरूसँग ऐक्यबद्धता व्यक्त गरेपछि इरानी अधिकारीहरूले देशकी एक चर्चित अभिनेत्रीलाई गिरफ्तार गरेका छन्। तरानेह अलिदुस्तीलाई इरानमा चलिरहेको विरोध आन्दोलनको बारेमा 'झुट फैलाएको' आरोपमा हिरासतमा लिइएको राज्य सञ्चालित मिडियाले जनाएको छ ।

गत हप्ता एक इन्स्टाग्राम पोस्टमा उनले विरोध प्रदर्शनमा संलग्न भएको कारण एक व्यक्तिलाई दिइएको मृत्युदण्डको निन्दा गरेकी थिइन् ।

अलिदुस्ती ओस्कार विजेता फिल्म द सेल्सम्यानमा उनको भूमिकाका लागि परिचित छिन् ।

आफ्नो पोस्टमा ३८ वर्षीया अलिदुस्तीले मोहसेन शेखरीको मृत्युदण्डको बिरूद्ध नबोलेकोमा केही अन्तर्राष्ट्रिय संगठनहरूलाई निशाना बनाएकी थिइन् ।

सेप्टेम्बरमा तेहरानमा मुख्य सडक अवरुद्ध गर्ने र अर्धसैनिक बलका एक सदस्यलाई छुराले घाइते बनाउने दंगाकारीभएको आरोप लगाएपछि अधिकारीहरूले उनलाई फाँसी दिएका थिए।

'उनको नाम मोहसेन शेखरी थियो। यो रक्तपात देख्ने र कारबाही नगर्ने हरेक अन्तर्राष्ट्रिय संस्था मानवताको अपमान हो,' उनले लेखेकी थिइन्।

राज्य समाचार एजेन्सी आईआरएनएको टेलिग्राम खातामा लेखिएको पोस्ट अनुसार दाबी अनुरूप कुनै कागजात उपलब्ध गराउन असफल भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

८० लाखभन्दा बढी फलोअर्स रहेको उनको इन्स्टाग्राम खाता अहिले हटाइएको छ । ३८ वर्षीया अलिदुस्ती इरानकी सबैभन्दा सफल अभिनेत्री हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ