arrow

स्थानीय तहका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
local-level.jpeg
तस्बिर – सांकेतिक ।

काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने  भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले  बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट  स्वीकृति गराउनुपर्ने  उक्त मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिए । उनले जानकारी बिना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृित बेगर बिदा पनि बस्न नपाइने बताए । 

ती अधिकारीले आफूखुशी कार्यालय छाडेर बाहिर जाने गरेको गुनासो आएकाले जानकारी बिना कार्यालय छाडेर नजान उनीहरुलाई निर्देशन दिइएको छ । 

मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्र पठाइ अब उप्रान्त मन्त्रालयको पूर्वस्वीकृति बिना जिल्ला र कार्यक्षेत्र नछाड्न पनि निर्देशनमा उल्लेख गरेको छ ।



नयाँ