- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । यस वर्षको आहा रारा गोल्डकपमा १० टिम सहभागी हुने भएको छ । सहारा क्लव पोखराद्वारा आयोजित २२औं आहा रारा गोल्डकप यहि पुस १४ गतेदेखि सञ्चालन हुँदैछ ।
सहारा क्लवका अनुसार प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल प्रहरीको फुटवल क्लव, त्रिभुवन आर्मी फुटवल क्लव, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, सङ्कटा, चर्च ब्वाइज युनाइटेड फुटवल क्लव, धरान फुटवल क्लव, अमेरिककाको बीवाईएससीएम रसहारा क्लवले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी यस प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरि विजेताले १२ र उपविजेताले छ लाख रुपैयाँ पाउने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको तयारी तीव्ररुपमा अघि बढाइएको छ । प्रतियोगिता सम्पन्न गर्न गठित विभिन्न उपसमितिले आआफ्ना जिम्मेवारी अनुसार धमाधम काम अघि बढाएको उनले बताए ।
सहाराले पोखरा महानगरपालिका वडा नं. १७ दोबिल्लामा सहारा एकेडेमी सञ्चालन गरी विपन्न तथा कठिन परिस्थितिका १३ जना बालकलाई आवासीय सुविधासहित फुटवल प्रशिक्षण गराउँदै आएको छ । सहाराले आहा रारा गोल्डकपबाट बचत रकम एकेडेमी सञ्चालनमा खर्चिने गर्दछ ।