आहा रारा गोल्डकप : १० टिम सहभागी हुँदै, पुरस्कार राशि बढ्यो
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
572
Shares
पोखरा । यस वर्षको आहा रारा गोल्डकपमा १० टिम सहभागी हुने भएको छ । सहारा क्लव पोखराद्वारा आयोजित २२औं आहा रारा गोल्डकप यहि पुस १४ गतेदेखि सञ्चालन हुँदैछ ।
यसैगरी यस प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरि विजेताले १२ र उपविजेताले छ लाख रुपैयाँ पाउने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको तयारी तीव्ररुपमा अघि बढाइएको छ । प्रतियोगिता सम्पन्न गर्न गठित विभिन्न उपसमितिले आआफ्ना जिम्मेवारी अनुसार धमाधम काम अघि बढाएको उनले बताए ।
सहाराले पोखरा महानगरपालिका वडा नं. १७ दोबिल्लामा सहारा एकेडेमी सञ्चालन गरी विपन्न तथा कठिन परिस्थितिका १३ जना बालकलाई आवासीय सुविधासहित फुटवल प्रशिक्षण गराउँदै आएको छ । सहाराले आहा रारा गोल्डकपबाट बचत रकम एकेडेमी सञ्चालनमा खर्चिने गर्दछ ।