arrow

कश्मीरी हावाको प्रभाव नेपालमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
weather-ktm-kathmandu-metro-sky.jpg

काठमाडौं । हाल जम्मू कश्मीरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । 

त्यसैको प्रभावका कारण हाल लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 आज प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

बिहीबार (भोलि) प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
 
शुक्रबार प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ