arrow
ADVERTISEMENT

नेता छान्दै कांग्रेस [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
congress-samsadiya-dalko-karlaya.jpg

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको उम्मेदवारका मतदान भइरहेको छ । उम्मेदवारहरु कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले मतदान गरिसकेका छन् । 

निर्वाचन समितिले ८ देखि १० बजेसम्मको समय तोकेको भए पनि सभापति देउवा पक्षका सांसदहरुले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी मतदानका लागि मोबाइल लैजान पाउनु पर्ने माग गरेपछि मतदान ढिला गरी भएको हो । 

मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा मतदान शुरु हुन नसकेको थियो । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसास मोबाइल लैजान पाउनु पर्ने पक्षमा थिए भने संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा थिए । 

मतदान गरेपछि नेता थापाले आफू परिवर्तनको पक्षमा रहेको बताएका छन् । त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले देशले परिवर्तन चाहेको उल्लेख गरेका छन् । 

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिएका छन् । ४५ मत ल्याउने उम्मेदवारले जित हासिल गर्नेछन् । 

मतदान सकिएसँगै तत्कालै गणना गरी विजेता घोषित गरिने छ । 

319294811_1135289717189409_7131594391572246177_n.jpg
नेता छान्दै
319627732_886192405734899_1801802385005249562_n.jpg
319690043_572230724241346_8375507426713394017_n.jpg
319878837_1521352961691947_1681345617265735713_n.jpg
320073740_518189396947633_5809645050512177515_n.jpg
320084003_669594471315220_4983164361945739505_n.jpg
320093246_888779535603359_2011987134904839143_n.jpg
320106278_3482330415379748_6238595757678908327_n.jpg
320314003_1134800930441477_7840569291468756749_n.jpg
320399771_1097191107613566_7279355325312989079_n.jpg
320458752_707494747622401_6264954608416812165_n.jpg
320485831_967244971346604_5186562965526325745_n.jpg
320507132_821696872229956_4015437417202784786_n.jpg
320562715_833795887913690_3208840850129575500_n.jpg
320881854_2389479407897210_6436726436348299483_n.jpg
320882339_447318504102977_6593539464085255497_n.jpg
congress-samsadiya.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ