arrow

बेसी भयो चिसो, हुस्सुले उडान प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
hussu.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा एक्कासि जाडो बडेपछि समस्या भएको छ । चिसो बढेसँगै बालबालिका, वृद्धहरू घरबाट बाहिर निस्कन गाह्रो भएको छ । बालबालिका कष्टपूर्ण तरिकाले विद्यालय गएका छन् । 

आज काठमाडौँ उपत्यकाको तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको माइनस ६.१ डिग्री सेल्सियस रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। चिसो बढ्दै जाने महाशाखाले जनाएको छ । 
 
आज बिहानैदेखि हुस्सु-कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ