arrow

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्धको पहिलो प्रदर्शन उडान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
Pokhara international airpot.jpg

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउसो यती र बुद्ध एयरलाइन्सले पहिलो प्रदर्शन उडान गरेको छ ।

विमानस्थलमा आज यती र बुद्धले पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको हो । 

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतीको जहाज दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए ।

त्यसको केही समयपछि बुद्ध एयरले पनि दिउँसो ३ः०६ बजे विमानस्थलमा अवतरण गरेको थियो । दुवै विमानले पोखरा विमानस्थलबाट सञ्चारकर्मी र पर्यटन व्यवसायी बोकेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

“मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतीले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ”, प्रवक्ता बर्तौलाले भने ।

विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिकरुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताए ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले विमानस्थल सञ्चालन हुन पोखरेलीले गर्व गर्ने विषय भएको र ५० वर्षदेखिको सपना पूरा भएको बताए । उनले विमानस्थल सञ्चालनमा कुनै अवरोध नभएको र यो विमानस्थल अब निकै व्यस्त रहने विश्वास व्यक्त गरे । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ