arrow

काठमाडौंमा यो वर्षकै जाडो, घट्दै जताततै तापक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
cold-at-terai.png
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौंमा यो वर्षकै जाडो भएको तापक्रम ह्वात्तै घटेपछि जाडो बढेको हो । अहिले देशभरकै तापक्रम क्रमशः घट्दो क्रममा छ । चिसोले जनजीवन प्रभावित हुन थालेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको थियो । यो तापक्रम उपत्यकामा यो वर्षकै सबैभन्दा कम हो । 

महाशाखाले घट्दो क्रम जारी रहेको भन्दै केही दिनमा थप तापक्रम घट्ने जनाएको छ । 

देशभर तापक्रम घट्दै गर्दा आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै डडेलधुरामा ३.५, दिपायलमा ५.३, धनगढीमा ८.५, वीरेन्द्रनगरमा ५.४, नेपालगञ्जमा ८.७, घोराहीमा ७.८, पोखरामा ७.२, भैरहवामा ९, सिमरामा ८.६, ओखलढुङ्गामा ६.६ डिग्री सेल्सियस रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ