कोरोना बढेपछि चीनले छाड्यो दैनिक तथ्यांक सार्वजनिक गर्न
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
761
Shares
काठमाडौं। चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले आइतबार कोरोना भाइरसका संक्रमितको तथ्यांक सार्वजनिक गर्न रोकेको छ। चीनमा पछिल्लो समय कोभिड-१९को संक्रण आक्रामक रुपले बढेको छ।
'रिफरेन्स र रिसर्चका लागि चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले सान्दर्भिक कोभिड जानकारी प्रकाशित गर्नेछ,' आयोगले आफूले किन जानकारी सार्वजनिक गर्न छोडेको भन्नेबारे नखुलाएर एक विज्ञप्ति जारी गर्दै भनेको छ।
दैनिक संक्रमण, निको र मृत्यु हुनेको कुल रिपोर्टको विषयमा शंका उब्जिएका बेला एचएचसीले जानकारी सार्वजनिक गर्न छोडेको हो।
संक्रमणमा उल्लेखनीय बृद्धि भए पनि एनएचसीले चार दिसम्म लगातार कोभिड-१९बाट मृत्यु हुनेको संख्या शुन्य देखाएको छ। यस्तै कोभिड-१९बाट मृत्यु हुनेहरुलाई पनि श्वासप्रश्वासको विफलता र निमोनियाबाट मृत्यु भएको भन्दै देखाउन थालेको छ।
बेलायतमा आधारित स्वास्थ्य डाटा फर्म एयरफिनिटीले गत हप्ता चीनमा दैनिक लाखौं नयाँ संक्रमित थपिइरहेको र ५ हजारको मृत्यु भइरहेको अनुमान गरेको छ।