काठमाडौं । बालकोटमा जारी बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत समेत पुगेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राउतलाई बोलाएपछि त्यहाँ पुगेका हुन् । उनले आफू कुरा बुझ्न आएको बताएका छन् । राउतले आफ्ना मुद्दालाई पहल हुनुपर्ने बताउँदै आएका छन् ।
बैठकबाट जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई बाहिरिएका छन्। राई पार्टीभित्र आन्तरिक छलफल पछि निष्कर्षमा पुग्न सकिने भनेर बाहिरिएका छन् । यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको बताएका थिए ।
बालकोटमा प्रचण्डसहित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरू एमाले अध्यक्ष ओलीसँग सरकार गठनको विषयलाई लिएर छलफलमा रहेका छन् ।
एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल तथा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ पनि सहभागी रहेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी सहमतिमा नपुगेपछि प्रचण्ड ओलीको शरणमा पुगेका थिए ।