arrow

प्रचण्डसँगै नारायणकाजीले पनि शपथ खाँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
prachanda-meet.jpg

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीको रूपमा शपथ लिने भएका छन्। 

पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सरकारमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्रीको रूपमा पठाउने टुङ्गो लागेको हो । 

आज माओवादी केन्द्रका तर्फबाट अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र श्रेष्ठले शपथ लिँदै छन् । 

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने बारे टुङ्गो लागि सकेको छैन । माओवादीले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउने प्रस्ताव पेस गर्नेछ ।

शपथग्रहण राष्ट्रपति भवन शीतल निवासमा अपराह्न ४ बजे हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ