arrow

प्रचण्डलाई अमेरिकाले दियो बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
prachanda-kaski-2079-08-28.jpg

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूतले बधाई दिएका छन् । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सामाजिक सञ्जाल ट्विटरबाट प्रचण्डलाई बधाई दिएका हुन् ।

अमेरिकी राजदूत थम्पसनले लेखेका छन्,'प्रधानमन्त्रीमा नियुक्त भएकोमा कमरेड प्रचण्डलाई बधाई छ । हाम्रो७५ वर्षको साझेदारीलाई अझ बलियो बनाउन र लोकतन्त्र, मानव अधिकार र आर्थिक वृद्धिलाई सपोर्ट गर्न सँगै काम गर्न तयार छौं।'

यसअघि हिजो नै नेपालका लागि चिनियाँ दूतावासले सामाजिक सञ्जालबाट प्रचण्डलाई बधाई दिएको थियो । नेपाल स्थित चिनियाँ दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ,'अध्यक्ष प्रचण्डलाई नेपालको ४४ औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ