- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आइतबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले आज शपथ लिएका छन् ।
मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हालेका छन् । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने छन् । अर्थमन्त्री पौडेलले यसअघि पनि दुई पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
मन्त्रालय पाएका मन्त्रीहरुले आजै कार्यभार सम्हालेका छन् ।
यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषद्मा सहभागी रहेका छन् । उनीहरुको जिम्मेवारी तोकिएको छैन । सबैले शपथ लिएका छन् ।