- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सप्तरी । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।
घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका-४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।
हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् ।
प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसीसमेत जलेर मरेका छन् ।
यसैगरी दुई भैँसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताए । मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्पताल ल्याएको छ ।