arrow

अर्थमन्त्रीले भने - म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको थिएँ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
bishnu-poudel-uml.jpg

काठमाडौं ।  नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन् ।

बुधबार  मन्त्री पौडेलले भने,  “अर्थतन्त्रको स्थिति काबु बाहिर पुग्यो भन्ने होइन । समस्या धेरै छन् । यद्यपि, सावधानीपूर्वक अघि बढ्यौँ भने हामीले चाँडै सुधार गर्न सक्छौँ ।” 

आफू सरकार बाहिर हुँदा पनि मुलुकको अर्थतन्त्रको अवस्थालाई मिहिनरुपले हेर्ने गरेको उनको भनाइ छ । “म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको थिए र अहिले सरकारमा बसेर विभिन्न क्षेत्रका सुझाव लिइरहेको छु । बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रहेछ । त्यसको महसुस मैले पनि गरिरहेको छु ।” पौडेलले भने ।  

अहिले सबैको सरोकार अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउनु भएकाले समस्यालाई ठीक ढङ्गले चिन्ने र यसको उपयुक्त समाधानको खोजी गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ