arrow

कम्युनिष्ट सरकार बने लगत्तै चीन धमाधम नाका खोल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
yari-naka-humla.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि चीनले एकपछि अर्को नाका खोल्न थालेको छ । प्रचण्ड प्रधानमन्त्री भएकै भोलिपल्ट चीनले रसुवागढी नाका खोलेको थियो ।

अब चीनले हुम्लाको यारी नाका पनि खुला गरेको छ । सो नाकाबाट ८ ट्रक माल वस्तु नेपालतर्फ भित्रिएका छन् ।

यता कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको नाका नेपालतर्फ सामान ल्याउन सकिने गरी खोलिइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । 

 प्रचण्ड प्रधानमन्त्री बनेसँगै चीनले ३५ महिनापछि नाका खोल्न थालेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ