arrow

चिसो झन् बढ्दो, यस्तो हुनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
weather-2022-evergreen.jpg

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागहरुमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  देशका हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तो छ तापक्रम–
देशभर चिसो बढ्दो छ । आज न्यूनतम तापक्रम सबैभन्दा कम जुम्लामा माइनस २.५ डिग्री सेल्सियस रह्यो भने न्यूनतममा सबैभन्दा बढी सिमरामा ८.५ डिग्री सेल्सियस रह्यो । 

काठमाडौं उपत्यकामा ४ डिग्री सेल्सियस रहँदा जनकपुरमा ७.४, विराटनगरमा ७.५, धनकुटामा ७.५, ताप्लेजुङमा ६.४, ओखलढुङ्गामा ६, भैरहवामा ८, पोखरामा ६.४, घोराहीमा ६.१, नेपालगञ्जमा ८, वीरेन्द्रनगरमा ५.२, धनगढीमा ८, दिपायलमा ६.२ तथा डडेल्धुरामा ६.३ डिग्री सेल्सियस रह्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ