arrow

प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
nepali-congress-flag.jpg

मोरङ ।  नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ । 

निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए ।

प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए । 

कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । त्यसैले  दलको नेता बन्न २९ मध्ये १५ मत आवश्यक पर्छ । 

आज हुने निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएको अवस्था पुनः आजै अर्को निर्वाचन गरेर दलको नेता चयन गर्ने तय भएको रायमाझीले जानकारी दिए ।

दलको नेताका लागि कांग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ